ओखलढुंगामा स्काभेटरमा आगजनी « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Sat Dec 10 2022


ओखलढुंगामा स्काभेटरमा आगजनी


156
Shares

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-२ हिलेछापमा पार्किङ गरिराखेको स्काभेटरमा आगजनी भएको छ ।

सडक सफा गर्ने क्रममा रात परेपछि पार्किङमा राखिएको स्काभेटर साेमबार राति अज्ञात समूहले आगजनी गरेको हो । कुइभीर-पोखरे सडक खण्ड मर्मतको काम गर्दै आएको सिर्जनशील कन्ट्रक्सन कम्पनी प्रालीको बा ३ क ४३०६ नम्बरको स्काभेटरमा आगजनी भएपछि पूर्णरुपमा क्षति पुगेको छ ।

नजिकैको खेतमा रहेको पराल प्रयोग गरेर स्काभेटर आगजनी गरिएको पाइएको छ । निर्माण कम्पनीले काम गर्न जाने क्रममा आज मंगलबार बिहान मात्रै स्काभेटर आगजनी भएको थाहा पाएको जनाएको छ । आगजनीबाट ९५ लाख बराबरको क्षति भएको निर्माण कम्पनीका प्रमुख रमेश श्रेष्ठले जानकारी दिनुभयो ।

साेही घटनाकाे विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।