९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


नारायणी नदीमा डुंगा दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते


1.443k
Shares

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीमा डुंगा पल्टिदा ३ जनाको मृत्यु भएको छ ।

साेही दुर्घटनामा २ जना घाइते भएका हुन् । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुंगा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार साँझ पल्टिएर दुर्घटना भएको प्रहरीले बताएकाे हाे ।

दुर्घटनामा सुस्ता–४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीले जनाएको छ । सोही स्थानका २२ वर्षीय किशोर हरिजन र सोहित सहानीलाई घाइते भएकाे अवस्थामा उद्धार गरी उपचारका लागि भैरहवा लगिएको छ ।

घटनाकाे विषयमा थप अनुसन्धान गरिने प्रहरीले बताएकाे छ ।