चलचित्र ‘कान्तारा’मा निर्माताले गीत चोरेको आरोप « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Sat Dec 10 2022


चलचित्र ‘कान्तारा’मा निर्माताले गीत चोरेको आरोप


1.794k
Shares

एजेन्सी । दक्षिण भारतको केरलाको प्रसिद्ध ब्यान्ड थक्कुडम ब्रिजले ‘कान्तारा’ चलचित्रका निर्मातालाई आफ्नो गीत चोरेको आरोप लगाएको छ।

ऋषभ शेट्टीको निर्देशनमा निर्माण भएको उक्त चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । चलचित्रले रिलिजको २५ औं दिनमा बक्स अफिस कलेक्शनको मामिलामा केजीएफ र केजीएफ २ लाई पछाडि छोडेको छ। यसैबीच अहिले चलचित्रलाई लिएर विवाद पनि सुरु भएको छ ।

ब्याण्डले चलचित्रको गीत ‘वराह रुपम’ आफ्नो गीत ‘नवरसम्’ को नक्कल भएको बताएको छ । यति मात्र नभएर उक्त ब्यान्डले यो मुद्दा अदालतमा लैजाने चेतावनी सामाजिक सञ्जालमा मार्फत दिएको छ ।

इन्स्टाग्राम अकाउन्टमा पोस्ट सार्वजनिक गर्दे ब्यान्ड थक्कुदम ब्रिजले लेखेको छ– ‘हामी हाम्रा दर्शकहरूलाई यो जानकारी गराउन चाहन्छौं कि थक्कुडम ब्रिज चलचित्र कान्तारासँग कुनै पनि हिसाबले जोडिएको छैन । कान्ताराका चलचित्रकर्मीले हाम्रो गीत नवरसम् चोरेर प्रतिलिपि अधिकार नियम उल्लंघन गरेका छन् । त्यसैले जिम्मेवार रचनात्मक टोलीविरुद्ध कानूनी कारबाहीको माग गर्नेछौं। कान्ताराका निर्माताले सामग्री र संगीतमा हामीसँग कुनै पनि अनुमति लिएका छैनन्। साथै निर्माताले वराह रुपम गीतलाई पनि ओरिजिनल जस्तै प्रमोट गरेका छन् ।’

दर्शकहरूले पनि ब्यान्ड थक्कुदम ब्रिजले लेखेको कुरालाई सर्मथन गरेका छन् ।