रत्न पुस्तकालयले हीरक महोत्सव मनाउँदै « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


रत्न पुस्तकालयले हीरक महोत्सव मनाउँदै


91
Shares

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्तीको अवसर पारेर काठमाडौंको मध्यबानेश्वरस्थित श्रीरत्न पुस्तकालयले आफ्नो हीरक महोत्सव मनाएको छ ।

आजभन्दा ६ दशकअघि यही दिन यो पुस्तकालय स्थापना भएको हो । महोत्सवमा सहभागी स्रष्टाहरूले प्रज्ञा र चेतनाको विकासमा पुस्तकालयले पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे ।

कार्यक्रममा कवि तथा गीतकार एस्पी कोइरालाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ख्यातीमा भारतीय विद्वान राहुल सांंस्कृतायनले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

अर्का कवि तथा साहित्यकार डा. नवराज लम्सालले नेपाली साहित्यलाई बहुआयामिक बनाउन महाकवि देवकोटाले पुर्‍याएको योगदान अद्वितीय रहेको बताउनुभयो ।

सो अवसरमा पुस्तकालयको श्रीवृद्धिमा योगदान गर्ने जनसेवीलाई सम्मान गर्नुका साथै दाताहरूले रक्तदान गरेका थिए ।