अनिश्चितकालका लागि बन्द प्याराग्लाइडिङ उडान आजदेखि खुला « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


अनिश्चितकालका लागि बन्द प्याराग्लाइडिङ उडान आजदेखि खुला


169
Shares

पोखरा । अनिश्चितकालका लागि बन्द प्याराग्लाइडिङ उडान आजदेखि खुला भएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुला भएको हाे ।

फ्लाइट्स अपरेसन महाशाखाका उपप्रबन्धक विनय गिरीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ शर्तसहित प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो ।

प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाइ खेलकुद संस्था तयार भएपछि प्याराग्लाइडिङ खुला गरिएको फ्लाइट्स उहाँले जानकारी दिनुभयाे ।