इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Fri Dec 9 2022


इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी


169
Shares

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा शनिबार राति म्यान्चेस्टर सिटी विजयी हुँदा लिभरपुल पराजित भएको छ ।

आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई ३–१ ले पराजित गरेकाे हाे । म्यान सिटीलाई विजयी गराउन अर्लीङ ब्रट हाल्याण्डले दुई गोल गर्दा केभिन डे ब्रायनले एक गोल थपेका थिए । ब्राइटनका लियान्द्रो ट्रोसार्डले एक गोल फर्काएका थिए ।शनिबार राति चेल्सी र म्यान्चेस्टर युनाइटेडले १-१ गोलको बराबरी खेलेका छन् ।

चेल्सीको मैदानमा भएको खेलमा जर्गीनोले ८७ औं मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरेका हुन् । तर इन्जुरी समयमा क्यासेमिरोले एक गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो । प्रिमियर लिगकै अर्को खेलमा लिभरपुललाई नटिङ्घम फरेष्टले १–० ले पराजित गरेकाे छ ।

लिभरपुलविरूद्धको कठिन खेलमा फरेष्टलाई विजयी गराउन ताइओ अयोनीले निर्णायक गोल गरेका थिए ।