
फाइल तस्बीर
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् ।
सीताको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।
परिवारिक स्राेतका अनुसार सीताको आइसीयूमा उपचार भइरहेको छ ।
सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् ।
सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् ।
प्रतिक्रिया दिनुहोस्