Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


फिल्म ‘के घर के डेरा’को टाइटल गीत सार्वजनिक


1.8k
Shares

काठमाडौं । कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको मल्टीस्टारर फिल्म ‘के घर के डेरा’को टाइटल गीत सार्वजनिक भएको छ ।

सोमबार सार्वजनिक भएको ओएसटी गीतमा काठमाडौंमा डेरा लिएर बस्नेले भोग्ने अनेक समस्यालाई व्यक्त गरिएको छ । त्यस्तै, काठमाडौंमा घर हुनेहरुको समस्यालाई पनि गीतले सम्बोधन गरेको छ । गीतका शब्दहरु रमाइलोसँगै यर्थाथलाई पनि देखाइएको छ ।

दीपेन्द्र के. खनालद्वारा निर्देशित फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय छ । यो फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।

दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन रहेको फिल्ममा सिंगे लामाको कथा र शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत छ ।