८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


नम्रता र दावाको ब्रेकअप


19.942k
Shares

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ र पर्यटन व्यवसायी दावा स्टिभन शेर्पाको ब्रेकअप भएको छ ।

उनीहरूको लामो प्रेम सम्बन्धको अन्त्य भएको दावाले पुष्टि गरेका छन् । उनीहरूको ब्रेकअपको हल्ला लामो समयदेखि भएपनि आधिकारिक पुष्टि भने भएको थिएन । दावाले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत आफूहरूको ब्रेकअप भएको आधिकारिक पुष्टि गरेका छन् ।

दावाले आफ्नो इन्स्टाग्राम नयाँ प्रेमिका रिया श्रेष्ठको तस्वीर सार्वजनिक गर्दै ‘लभ अफ माइ लाइफ’ लेखेका छन् । उक्त पोस्टबाट उनीहरूको ब्रेकअप भएको र दावा अरूसँग प्रेममा भएको पुष्टि हुन्छ ।

नम्रता हाल नयाँ फिल्म ‘ग्रहण’को तयारीमा रहेकी छन् ।