काठमाडौं । भारतकाे उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवं समाजवादी पार्टीका संस्थापक अध्यक्ष मुलायमसिंह यादवको आज मंगलबार अन्त्यष्टि गरिंदैछ ।
लामो समयदेखि बिरामी हुनुभएका यादवको साेमबार ८२ वर्षको उमेरमा निधन भएको हो । मंगलबार दिउँसो ३ बजे उत्तर प्रदेशको सफईमा अन्त्यष्टि गरिने भएकाे छ । यादवको शव मंगलबार दिउँसो नै मेदान्ता अस्पतालबाट जन्मभूमि सफई ल्याइएको थियो ।
उत्तर प्रदेश सरकारले राजकीय सम्मानका साथ यादवको अन्त्यष्टि गर्ने भएको हो । यादव उत्तर प्रदेशमा पटक-पटक मुख्यमन्त्री समेत बन्नु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्