५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


राष्ट्रपति भण्डारी अस्पतालमा भर्ना


3.198k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ ।

शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि उहाँलाई शनिबार अस्पताल भर्ना गरिएको हो ।

राष्ट्रपति भण्डारीलाई रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना गरिएको उहाँका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

अस्पतालमा राष्ट्रपति भण्डारीको विभिन्न स्वास्थ्य परीक्षण भइरहेको छ । शिक्षण अस्पताल उपनिर्देशक डा.निरज बमका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।