
काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बेन्फिकासँग बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको खेलमा पीएसजी बेन्फिकासँग १–१ को बराबरीमा रोकिएको हो ।
खेलको २२ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ४१ औं मिनेटमा पीएसजीका डानिलो पेरिएराले आत्मघाती गोल गरेपछि पीएसजी १–१ गोलको बराबरीमा रोकिएको हो ।
यसै समूहको अर्को खेलमा युभेन्ट्सले मक्काबी हाइफालाई ३–१ ले हराएको छ ।
गोलअन्तरका आधारमा पिएसजी समूह एच को शीर्षस्थानमा रहेको छ । पिएसजी र दोस्रो स्थानको बेन्फिकाको सामन ७ अंक छ । तेस्रो स्थानको युभेन्ट्सको ३ अंक छ । हाइफा अंक विहीन रहँदै पुछारमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्