टीकाको दोस्रो दिन आज : मान्यजन र आफन्तबाट टीका र आशिर्वाद थाप्ने क्रम जारी « Imagekhabar – Online News Portal of Nepal
२० मंसिर २०७९, मंगलवार | Tue Dec 6 2022


टीकाको दोस्रो दिन आज : मान्यजन र आफन्तबाट टीका र आशिर्वाद थाप्ने क्रम जारी


39
Shares

काठमाडौं । टीकाको दोस्रो दिन आज बिहीबार पनि टीका लगाउने र आशिर्वाद थाप्ने क्रम जारी छ । बुधबार टिका लगाउन नपाएकाहरुले बिहीबार पनि मान्यजन र आफन्तको हातबाट टिका लगाउने र आशिर्वाद थाप्ने प्रचलन छ ।

बिहीबार बिहानैदेखि काठमाडौंलगायत विभिन्न स्थानमा टीका थाप्न र आशिर्वाद थाप्ने जानेको घुइँचो रहेको छ । बुधबार बिहान साइतमा टीका लगाएपनि टाढा रहेका आफन्तकहाँ टीका लगाउने जाने क्रम कोजाग्रत पूर्णिमासम्म रहन्छ ।

नेपालको पश्चिमका केही जिल्लामा विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन भएकाले त्यता निकै चटारो हुन्छ । तर अरु भेगमा भने पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन रहेको छ ।

टीकाअघि काठमाडौं उपत्यका सुनसान रहेपनि आज भने बिहानैदेखि सर्वसाधारणको आवागमन बढेको छ ।