२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


दक्षिण अफ्रीकाविरुद्धको सिरिज भारतलाई


182
Shares

काठमाडौं । घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज जितेको छ ।

आइतबार राति दोस्रो टी–ट्वान्टीमा दक्षिण अफ्रीकालाई १६ रनले हराउँदै भारतले सिरिज एक खेल अगाबै २–० ले जितेको हो ।

गुवाहाटीमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रीकाका डेभिड मिलरले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै, क्विन्टन डी ककले अविजित ६९ तथा एडिन मार्क्रमले ३३ रन बनाए ।

भारतका अर्शदिप सिंहले २ तथा अक्षर पटेलले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो ।

भारतका सूर्यकुमार यादवले ६१, केएल राहुलले ५७,विराट कोहलीले अविजित ४९ तथा कप्तान रोहित शर्माले ४३ रन बनाए ।

दक्षिण अफ्रीकाका केशव महाराजले २ विकेट लिए ।

पहिलो खेलमा भारत ८ विकेटले विजयी भएको थियो । अब तेस्रो खेल मंगलबार हुनेछ । त्यसपछि तीन ओडिआई खेलको सिरिज हुनेछ ।