२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


स्याङ्जामा गोरखा समाधिस्थलकाे निर्माण कार्यअघि बढ्याे


143
Shares

काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकाको साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधिस्थलको निर्माण कार्य अघि बढेको छ ।

५ अर्ब रुपैयाँको गुरुयोजना बनाएर यो ठाउँमा ९ वर्षदेखिको निर्माण कार्यलार्ई तीव्रता दिन लागिएको गोरखा स्मारक ट्रष्टले जनाएको हाे । रकम अभावले समाधिस्थल निर्माणले निरन्तरता पाउन सकेको थिएन ।

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का पदाधिकारीसहितको टोली समाधिस्थल पुगेर निर्माणलाई तीव्रता दिने जनाएको हो । बेलायती सेनामा भर्ना भइ प्रथम र दोस्रो युद्धमा मृत्यु भएका ६० हजार नेपालीको स्मृतिमा निर्माणाधीन उक्त समाधिस्थलकाे निर्माणमा हालसम्म १५ करोड रुपैयाँ खर्च भइसकेको छ ।

पूर्वगोरखा सैनिकबाट पैसा उठाएर २०७१ सालदेखि समाधिस्थल निर्माण थालिएको हो ।