
काठमाडौं । काठमाडौं उपत्यकाबाट दशैं मनाउन घटस्थापनादेखि हालसम्म ५ लाख बढी यात्रु बाहिरिएका छन् ।
घटस्थापनाका दिन करिब ६० हजारले उपत्यका छोडेकोमा ११ गते ६२ हजार, १२ गते ७१ हजार, १३ गते ७४ हजार र शुक्रबार-शनिबार गरी करिब डेढ लाख यात्रु बाहिरिएकाे ट्राफिक प्रहरीले जनाएको छ । यो क्रम झनै बढ्ने ट्राफिक प्रहरीको दावी छ ।
घटस्थापनायता बिहानदेखि नै उपत्यकाका विभिन्न ठाउँमा गाडीको चाप रहेकाे छ । यताबाट जानेको चापले बिहान र साँझ मुख्य नाकामा जाम हुने गरेको छ । अघिल्ला २ वटा दशैं कोभिड संक्रमणका कारण काठमाडौंमै खुम्चिन बाध्य भएकाहरु यस पटक भने आफ्नै थात थलोमा दशैं मनाउने सुरसारमा मानिसहरु रहेका छन् ।
दशैं मनाउन करिब २० लाखलेउपत्यका छाड्ने अनुमान छ । दशैंमा चल्ने लामो तथा छोटो दूरीका सम्पूर्ण सवारी साधनको यान्त्रिक चेकजाँच गर्ने निर्णय मन्त्रिपरिषदले गरेपनि यस विषयमा सरोकार निकाय भने बेखबर जस्तै छन् । जसका कारण चाडपर्वमा बाक्लै सवारी दुर्घटनाका समाचार आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्