काबुलमा आत्मघाती आक्रमण हुँदा १९ जनाको मृत्यु, २७ बढी घाइते « Imagekhabar – Online News Portal of Nepal
२० मंसिर २०७९, मंगलवार | Tue Dec 6 2022


काबुलमा आत्मघाती आक्रमण हुँदा १९ जनाको मृत्यु, २७ बढी घाइते


117
Shares

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित एक शैक्षिक संस्थामा आत्मघाती आक्रमण हुँदा १९ जना मानिसको मृत्यु भएको छ ।

दस्त ए बारतीमा रहेको काज एडुकेशन सेन्टरमा भएको विस्फोटमा २७ जना भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।विस्फोट हुँदा विद्यार्थीहरु विश्वविद्यालय परीक्षाको तयारी कक्षामा थिए । यो इलाकामा बस्ने अधिकतम मानिसहरु हजारा समुदायका छन् ।

हजारा समुदायलाई निशाना बनाएर पहिलो पटक आक्रमण भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । साेही घटनाको कुनै समूहले पनि जिम्मा लिएको छैन् । तालिबानको गृह मन्त्रालयले घटनाकाे बारेमा निन्दा गरेको छ ।