‘सरकारसँग गुरुयाेजना छैन’ « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


‘सरकारसँग गुरुयाेजना छैन’


1.144k
Shares

काठमाडाैं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले सरकारसँग मुलुकको भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्ने गुरु योजना नभएको बताउनुभएको छ ।

आज नेपाल इन्जिनियर्स एशोसिएशन र नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम र नेपाल टेलिकमबीच जनशक्तिको विकास, आपसी सहकार्य, तालिम, क्षमता अभिवृद्धि लगायतका विषयमा समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री भुसालले भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्न विज्ञहरु राखेर वृहत गुरु योजना बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो । अहिलेसम्म भएका भौतिक पूर्वाधार विकासले आर्थिक सामाजिक विकाससँग जोड्न नसकेको उहाँको तर्क छ ।

मन्त्री भुसालले नेपालको सार्वजनिक खरिद ऐन अनुसार ठूला विकास आयोजनाहरुमा विदेशी ठेकेदार हाल्नु आर्थिक विकृति भएको बताउनुभयो ।