मङ्सिर ४ को निर्वाचन देश बनाउन महत्वपूर्ण : ओली « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Wed Nov 30 2022


मङ्सिर ४ को निर्वाचन देश बनाउन महत्वपूर्ण : ओली


169
Shares

काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ को निर्वाचन देश बनाउने मामिलामा निकै महत्वपूर्ण रहने बताउनुभएको छ ।

आज ओली निवास बालकोटमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उहाँले मुलुकको विकासको गतिलाई अघि बढाउन र शान्ति सुव्यवस्था कायम गर्न आगामी निर्वाचनपछि बन्ने सरकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

देशमा लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न र राष्ट्रियतालाई सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले मङ्सिर ४ को निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार गठन हुने दाबी गर्नुभयो ।