कञ्चनपुरका बाढीपीडितको जंगलमै बास « Imagekhabar – Online News Portal of Nepal
२० मंसिर २०७९, मंगलवार | Tue Dec 6 2022


कञ्चनपुरका बाढीपीडितको जंगलमै बास


52
Shares

काठमाडौं । कञ्चनपुरका बाढी पीडित अझै जङ्गलमा बस्न बाध्य भएका छन् । शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् ।

अहिले पनि यहाँका १५ परिवारको बासस्थान जनजागरण सामुदायिक वनमा रहेको छ । बाढीले घर र सरसामान पूरै बगाएपछि उनीहरु बनमा बस्न बाध्य भएका हुन ।

यस्तै, शुक्लाफाँटा नगरपालिका–११ वनहरा शिविरका सुकुम्बासीको पनि सुनुवाई हुन सकेको छैन । त्यहाँ बस्दै आएका ३० परिवार पनि नजिकैको जङ्गलमा त्रिपालमुनि रात काटिरहेका छन् ।

बाढी प्रभावितलाई राहत तथा क्षतिपूर्तिका लागि प्रदेश र संघीय सरकारलाई सहयोगको लागि आग्रह गरिए पनि पर्याप्त नभएको उनीहरुको भनाई छ ।