
काठमाडौं । कञ्चनपुरका बाढी पीडित अझै जङ्गलमा बस्न बाध्य भएका छन् । शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् ।
अहिले पनि यहाँका १५ परिवारको बासस्थान जनजागरण सामुदायिक वनमा रहेको छ । बाढीले घर र सरसामान पूरै बगाएपछि उनीहरु बनमा बस्न बाध्य भएका हुन ।
यस्तै, शुक्लाफाँटा नगरपालिका–११ वनहरा शिविरका सुकुम्बासीको पनि सुनुवाई हुन सकेको छैन । त्यहाँ बस्दै आएका ३० परिवार पनि नजिकैको जङ्गलमा त्रिपालमुनि रात काटिरहेका छन् ।
बाढी प्रभावितलाई राहत तथा क्षतिपूर्तिका लागि प्रदेश र संघीय सरकारलाई सहयोगको लागि आग्रह गरिए पनि पर्याप्त नभएको उनीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्