निर्वाचनलाई जनताले आफ्नो भाग्य र देश बनाउने अवसरको रुपमा लिनुपर्छ : अध्यक्ष ओली « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


निर्वाचनलाई जनताले आफ्नो भाग्य र देश बनाउने अवसरको रुपमा लिनुपर्छ : अध्यक्ष ओली


117
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

यस निर्वाचनले लोकतन्त्र बचाउने र जनविरोधी तत्वलाई पराजित गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै उहाँले निर्वाचनमा गम्भीर भएर देशको विकास र समृद्धिमा काम गर्न सक्ने, सक्षम नेतृत्व चुन्नुपर्ने खाँचो रहेको औँल्याउनुभयो ।

आइतबार झापाको दमकको कस्मिक पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले आगामी निर्वाचनबाट जनविरोधी तत्व पराजित भए मात्र देशले समृद्धिको गति लिने छ भन्नुभयो ।

आफ्नै गृह क्षेत्रमा भएको सो कार्यक्रममा उहाँले निर्वाचनमा एमालेलाई किन भोट दिने भन्ने कुरा एमाले नेतृत्वको सरकारले गरेका कामबाट नै प्रमाणित भएको समेत दाबी गर्नुभयो । अब जनताले देश विकास र समृद्धिका लागि एमालेलाई जिताउने उहाँले बताउनुभयो ।