३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


सिन्धुलीका परम्परागत बर-पिपल चौतारी लोप हुँदै


234
Shares

सिन्धुली । सिन्धुलीको सुनकोशी, गोलन्जोर र फिकक्ल गाउँपालिकाका गढतिर क्षेत्रका पुराना बर र पिपलका चौतारीहरुको संरक्षण अभावका कारण लोप हुन थलेका छन् ।

गर्मीका बेला चिसो हावाका लागि चौतारीमा बस्न, भारी बिसाउन र बुढापाकाहरुको जमघट गर्न तत्कालिन समयमा निर्माण गरिएका बर-पिपलको चौतारी मासिंदै गएकाे हाे । साेही विषयमा स्थानीय बुढापाकाहरुले समेत चिन्ता जाहेरसमेत गरेका छन्।

तत्कालिन अवस्थामा गढतिर क्षेत्रका घोडेटो बाटोमा पैदल रुपमा आवतजावत गर्ने यात्रुहरुको विश्राम स्थलका लागि लगाईएका बर-पिपलका वृक्षहरु पूराना भएर सुकेर गएका छन् । साेही स्थानमा नयाँ विरुवाहरु रोपेर संरक्षण गर्न नसक्दा बर-पिपल र स्वामी वृक्षका चौतारीहरु नास भएर गइरहेका छन् ।

सिन्धुलीको गढतिर क्षेत्रका सुनकोशी, गोलन्जोर र फिक्ल गाउँपालिकाका साथै तीनपाटन र मरिण गाउँपालिका लगायतका क्षेत्रमा बोधी वृक्षको रुपमा चिनिने बर-पिपलका चौताराहरु दैनिका रुपमा अस्तित्व संकटमा पर्न थालेकाे छ । संरक्षण र पुनःनिर्माण गर्न कोही कसैले चासो नदेखाउँदा सार्वजनिक क्षेत्रमा बनेका बर-पिपल चौतारीका जग्गाहरु समेत अतिक्रमित बनेका छन् ।

पुराना बर-पिपल र चौतारीहरु संरक्षण, पुनःनिर्माणका लागि स्थानीयय सरकार, पुरातत्व विभाग लगायतका सरकारी सम्बन्धित निकायले समेत चासो नदेखाएकाे छैन् । जसका कारण नेपाली इतिहास बोकेका, पूर्खाको पौरख र पसिनाले बनाईएका वर-पिपल चौतारीहरुको अस्तित्व नै लोप भएर गइरहेका छन् ।

सिन्धुलीको गढतिर क्षेत्रका करिब १ सय भन्दा बढीको संख्याका बर-पिपल र स्वामी वृक्षका चौतारीहरु रहेका छन् । जसमध्धे ५ दर्जन चौतारीहरु भने लोप भएर गएका छन् । बाँकीको समेत अस्तित्व संकटमा पर्दै गएकाे छ ।