२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


२ सय करोडको मुद्रा अपचलन प्रकरणमा अर्को नयाँ खुलासा


1.469k
Shares

एजेन्सी । भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिजको ड्रेस डिजाइनर लिपाक्षीसँग २ सय करोडको मुद्रा अपचलन मुद्दाको सोधपुछमा अर्को नयाँ कुराको खुलासा भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार लिपाक्षीले सुकेश चन्द्रशेखरबाट ३ करोड रुपैयाँ लिएको स्वीकार गरेकी छन् । सेप्टेम्बर २१ मा, लिपाक्षीलाई दिल्ली प्रहरीको आर्थिक अपराध शाखा टोलीले करिब ७ घण्टा सोधपुछ गरेको थियो ।

भारतीय सञ्चार टाइम्स नाउको रिपोर्टका अनुसार लिपाक्षीले ज्याकलिनलाई कपडा र उपहार दिन सुकेशले उनलाई ३ करोड रुपैयाँ दिएको बताइन् । तर, डिजाइनरले सुकेश पक्राउ परेपछि ज्याकलिनले सुकेशसँगको सबै सम्बन्ध तोडेको खुलासा गरेकी छन् ।

ईओडब्ल्यूका एक अधिकारीले समाचार एजेन्सी पीटीआईलाई भने, ‘सुकेशले ज्याकलिनको मनपर्ने ब्रान्डको दिन र कस्तो कपडा ज्याकलिनले मन पराउँछन् भन्ने बारे थाहा पाउन गत वर्ष लिपाक्षीसँग सम्पर्क गरेका थिए । उनले डिजाइनरबाट सुझाव लिएर जैकलिनलाई उपाहार दिए र साथै तीन करोड रुपैयाँ पनि दिए त्यो ३ करोड पैसा ज्याकलिनलाई मनपर्ने लुगा डिजाइनर गर्नका लागि चन्द्रशेखरले लिपाक्षीलाइ दिएका थिए ।’

२ सय १५ करोड रुपैयाँ फिरौतीको मुद्दामा जब ज्याकलिनको नाम आयो त्यसपछि उनी समस्यामा परेकी थिइन् । ठग सुकेशको फिरौतीबारे ज्याकलिनलाई थाहा थियो भन्ने केन्द्रीय निकायको विश्वास छ । ईडीले दायर गरेको आरोपपत्रमा सुकेशसँग ज्याकलिनको सम्बन्धले उनको परिवार र साथीहरूलाई पनि फाइदा पुगेको दाबी गरेको छ। तर, पछि ज्याकलिनले आफूमाथि लगाइएका सबै आरोप निराधार भएको बताएकी छिन् ।