१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


स्याङ्जाको वालिङमा ‘मिनि म्याराथन’ प्रतियोगिता सम्पन्न


221
Shares

स्याङ्जा । स्याङ्जाको वालिङमा शनिबार ‘मिनि म्याराथन’ प्रतियोगिता सम्पन्न भएको छ ।

साेही प्रतियोगितामा स्याङ्जाका सुजन क्षेत्री पहिलाे, दाङका मनोज रोका मगर दोस्रो, स्याङ्जाका गिरप्रसाद गुरुङ तेस्रो र पाल्पाका गिरमान श्रेष्ठ चौथो भएका छन् । त्यस्तै, महिलातर्फ पुस्पा गुरुङ पहिलो, दिपाकला सार्की दोस्रो र ईन्द्रमाया खत्री तेस्रो भएका छन् ।

लियोे क्लब अफ वालिङ सिटीको आयोजनामा भएको ‘दोस्रो लियो कप २०२२ मिनी म्याराथन’ प्रतियोगितामा पुरुषका लागि १७.७ किलोमिटर र महिलाको लागि ९.८ किलो मिटरको दौड तय गरिएको क्लबका पूर्वअध्यक्ष दीक्षान्त प्रताप खाँणले जानकारी दिनुभयो । भीरकोट नगरपालिकाको कार्यालय गेटबाट सुरु भएको साेही प्रतियोगिता वालिङ नगरपालिकाको कार्यालय गेटमा आएर पूरा भएको थियो ।

देशका विभिन्न शहरहरुमा हुँदै आएको म्याराथन प्रतियोगिता स्याङ्जामा पनि आयोजना गरेर खेललाई स्थानीय तहसम्म पुर्याइएकाे खेल प्रतिभा खोज्ने आयोजकले जनाएको छ । स्याङ्जाको आन्तरिक पर्यटनलाई प्रबर्धन गर्ने मुख्य उद्देश्य राखेर म्याराथन प्रतियोगिता राखिएको आयोजक समितिका संयोजक हरि रेग्मीले बताउनुभयो ।

‘मिनी म्याराथन’ मा गण्डकी प्रदेशका तथा अन्य जिल्लाहरुबाट गरी १ सय २० जना धावकहरुको सहभागिता रहेको थियो। विजेतालाई पुरस्कार वितरण गर्दै नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले खेल क्षेत्रले राष्ट्रलाई चिनाउने काम गरेको बताउनुभएकाे थियाे ।