 
	    काठमाडौं । गाडीको रङ फुग उडेको छ। टायरमा झार उम्रिएको छ । ब्याट्री बिग्रिएका छन् । कसैबाट संरक्षण र हेरचाह पनि भइरहेको छैन । चार वर्षअघि नयाँ किनेर ल्याएपछि ती गाडी जहाँ राखिएका थिए, अहिलेसम्म त्यहीं छन् । ती चारवटा गाडी (भ्यान) घामपानी, हिउँदवर्षा जतिबेला पनि खुला आकाशमुनि छन् ।
एउटै भ्यानको मूल्य त्यसमा जडित उपकरणसहित करिब ६ करोड रूपैयाँ पर्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परिसरमा प्रवेश गर्ने जो कोहीले पनि ती भ्यान देख्न सक्छन् ।
बजारमा मानव स्वास्थ्यमा असर पार्ने गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी बढेपछि सरकारले त्यस्ता वस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितका ती मोबाइल भ्यान किनेको थियो ।
बजारमा अखाद्य वस्तुको बिगबिगी छ तर खाद्यवस्तुको गुणस्तर परीक्षण गर्न ल्याइएका ती चार भ्यान भने चार वर्षदेखि थन्किएका छन् । झन्डै २४ करोड रुपैयाँ खर्चेर किनिएका ती भ्यान सरकारी निकायको उदासीनताका कारण प्रयोगविहीन अवस्थामा छन् ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्