
काठमाडाैं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दल आउँदो निर्वाचनमा आफ्नो पार्टीसँग एक्लाएक्लै भिड्न नसक्ने बताउनुभएको छ ।
एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाले सत्तारुढ दल गठबन्धन गरेर अस्तित्व रक्षामा लागेको उहाँको आरोप छ ।
नेकपा (एमाले) अर्घाखाँची–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेसँग प्रतिस्पर्धा गर्न नसकिने निष्कर्षमा पुगेपछि सत्तारुढ दल गठबन्धन गरेरै निर्वाचनमा जान बाध्य भएको तर्क गर्नुभयो ।
सचिव रायमाझीले केपी ओली नेतृत्वको सरकारले मुलुकको विकास र समृद्धिका लागि गरेको कामलाई नेपाली जनताले कहिल्यै नभुल्ने समेत उल्लेख गर्नुभयो । उहाँले सत्तारुढ गठबन्धनले चुनाव जिते मुलुक २० वर्षपछि पर्ने भन्दै एमालेको पक्षमा मतदान गर्न पनि सबैलाई आग्रह गर्नुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्