साझा कर्मचारी सङगठन बनाउन मन्त्री भुसालको आग्रह « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


साझा कर्मचारी सङगठन बनाउन मन्त्री भुसालको आग्रह


65
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीलाई साझा सङगठन बनाउन आग्रह गर्नुभएको छ ।

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ११औँ एकता अधिवेशन कार्यक्रममा उहाँले फरकफरक सङगठनभन्दा एउटै सङ्गठन बनाएर कर्मचारीको हकहितमा लाग्न सुझाव दिनुभयो ।

आफू लामो समयदेखि राजनीतिमा संलग्न रहेको दृष्टान्त पेश गर्दै मन्त्री भुसालले कर्मचारीले कार्यालय समयमा राजनीति गर्न नहुने बताउनुभयो ।

उहाँले प्राधिकरणको विकास तथा जनतालाई राहत र सुविधा दिने विषयमा ध्यान दिन कर्मचारीसँग आग्रह गर्नुभयो ।