‘प्रेम गीत ३’को हिन्दी भर्सन नेपालमा भोलि रिलिज नहुने « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


‘प्रेम गीत ३’को हिन्दी भर्सन नेपालमा भोलि रिलिज नहुने


2.99k
Shares

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको इन्डो – नेपाली चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी भर्सन नेपालमा भोलि (शुक्रबार) रिलिज नहुने भएको छ ।

विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो भने नेपाली भर्सन शुक्रबार रिलिज हुने छ ।

विभिन्न प्राविधिक कारणले चलचित्रको हिन्दी भर्सन एक/दुई दिन रिलिज गर्न नसक्ने भएको चलचित्र निर्माण टिमले बताएको छ । चलचित्रको हिन्दी भर्सनलाई आगामी असोज १० गतेदेखि देशभर रिलिज हुने छ ।

हाल चलचित्रको निर्माण टिम प्रचारप्रसारका लागि भारतको मुम्बईमा रहेका छन् ।