यस वर्ष क–कसले हात पारे सांगितिक क्षेत्रको महत्वपूर्ण २२ औं इमेज अवार्ड ? (नामसहित) « Imagekhabar – Online News Portal of Nepal
९ आश्विन २०७९, आईतवार | Sun Sep 25 2022


यस वर्ष क–कसले हात पारे सांगितिक क्षेत्रको महत्वपूर्ण २२ औं इमेज अवार्ड ? (नामसहित)


1.404k
Shares

काठमाडौं । नेपालको सांगितिक क्षेत्रको महोत्सव ईमेज अवार्डको २२ औं संस्करण सम्पन्न भएको छ ।

सोमबार साँझ भब्य रुपमा आयोजित कार्यक्रममा नेपाली सांगितिक क्षेत्र विभिन्न १५ वटा विधामा स्रष्टाहरुलाई सम्मान गरियो । समारोहमा यस बर्षको इमेज लाइफ टाइम अचिभमेन्ट अवार्डबाट बरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई सम्मानित गरियो ।

ईमेज च्यानलले हरेक बर्ष आयोजना गर्दै आएको इमेज अवार्डमा कलाकारद्वयले नेपालको हास्यब्यंग्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो ।

कसले पाए कुन अवार्ड  :-

१) सर्वोत्कृष्ट गीत रचना : आफै हिड्ने बाटो… रमेश दाहाल

२) सर्वोत्कृष्ट संगीत : तड्पी तड्पी… कर्मा ग्याल्जेन बम्जन

३) सर्वोत्कृष्ट समुह वा युगल गायन : नबोली नबोली… प्रविण बेडवाल र समीक्षा अधिकारी

४) सर्वोत्कृष्ट गायन लोक गीत : घुमी घुमी… सुजन चापागाईँ र शान्ती श्री परियार

५) सर्वोत्कृष्ट गायन दोहोरी : डाँडाघरे साईली… स्वरुपराज आचार्य र लक्ष्मी मल्ल

६) सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार : नुनको भारी… भिमसेन कल्याल ठकुरी

७) सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक : नुनको भारी… पदम सुबेदी

८) सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक : नुनको भारी… विनयराज पौडेल

९) सर्वोत्कृष्ट नेपहप/र्‍याप प्रस्तुति : मेरो देश बिरामी… युनिक पोयट

१०) सर्वोत्कृष्ट गायन पप महिला : अकस्मात… बानिका प्रधान

११) सर्वोत्कृष्ट गायन महिला : पुरानो घाउ… अञ्जु पन्त

१२) सर्वोत्कृष्ट गायन पप पुरुष : माया मारेर… धर्मेन्द्र सेवान

१३) सर्वोत्कृष्ट गायन पुरुष : छुट्नु पर्ने… प्रविण बेडवाल

१४) सर्वोत्कृष्ट गीत :देखेर तिमीलाई… सुजन चापागाईँ/विद्या तिवारी

१५) टुर्बोग पब्लिक च्वाईस अवार्ड : फुलबुट्टे सारी…….. मिलन नेवार

यसबर्षको ईमेज अर्वाडमा नेपाली गीत, संगीत क्षेत्रमा उत्कृष्ट १५ विधामा अवार्ड प्रदान गरिएको हो । कोरोना संक्रमणका कारण गत दुई वर्ष आयोजना हुन नसकेको ईमेज अवार्डमा २०७६ असार १ गते देखि २०७९ जेठ मसान्त भित्र सार्वजनिक भएका गीत, संगित, रचना, र म्युजिक भिडियो समावेश गरिएको थियो ।

अवार्ड कार्यक्रममा चर्चित कलाकारहरुले मनोनयनमा परेका गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए ।

ईमेज च्यानलले नेपाली सांगितिक क्षेत्रको उत्थान, संगीतमा समर्पित संगितकर्मीको सम्मान, प्रोत्साहन एवं श्रीवृद्धिका लागि हरेक वर्ष इमेज अवार्ड गर्दै आएको छ ।

तस्विरहरू :