श्रममन्त्रीद्वारा अछामको बाढीपीडित क्षेत्रको अवलोकन « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


श्रममन्त्रीद्वारा अछामको बाढीपीडित क्षेत्रको अवलोकन


13
Shares

काठमाडाैँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री बलबहादुर सोडारीले अछामको बाढीपीडित क्षेत्रको अवलोकन गर्नु भएको छ ।

उहाँहरुले कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई राहतसमेत प्रदान गर्नुभएको छ । मृतकका सात परिवारलाई सरकारका तर्फबाट ७ लाख रुपैयाँ उपलव्ध गराइएको छ भने मन्त्री कुँवर र राज्यमन्त्री सोडारीले व्यक्तिगत तर्फबाट २३ जना मृतकका परिवारलाई १० हजारका दरले २ लाख ३० हजार आर्थिक सहयोगसमेत गर्नुभएको छ ।

राहत वितरण गर्दै मन्त्री शेरबहादुर कुँवरले अछामका पहिरो पीडितलाई राहत तथा उद्धारमा कुनै कमी हुन नदिने पनि बताउनुभयो । राहत वितरणअघि श्रममन्त्री कुँवर र राज्यमन्त्री सोडारीसहित अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनीले बाढीबाट प्रभावित चारवटै स्थानको स्थलगत अवलोकन गर्नु भएको थियो ।

कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई खाद्यान्नदेखि अन्य आवस्यक सामग्री केन्द्र सरकारबाट सहयोग गरिने उहाँको भनाई थियो ।