Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


सिन्धुलीमा सार्वजनिक जग्गा अतिक्रमणकाे समस्या बढ्दै


91
Shares

सिन्धुली । सिन्धुलीमा सरकारी तथा सार्वजनिक जग्गामा अतिक्रमण र दोहनकाे समस्या बढ्दै गएकाे छ ।

सिन्धुलीमाडीमा व्यसायीहरुका कारण घर-घडेरीको मूल्य आकाशिएकाले स्थानीय गौमती खोलामा समेत व्यवसायीहरुले घडेरी बिक्री वितरण गरिरहेका छन् । कमलामाई नगरपालिकाको मुख्य बजार क्षेत्रमा एक कठ्ठा जमिनको मूल्य १ करोड रातमाटा तथा माझिटारमा ८० लाख र ढुङग्रेबास तथा धुराबजारमा ७० लाखको दरमा रजिष्ट्रेशन पास गरी लेनदेन हुन थालेपछि सिन्धुलीमाडीका उर्वरा खेती योग्य जग्गाहरु घडेरीमा परिणत भइरहेका छन् ।

स्थानीय कमलामाई नगरपालिकाको वेवास्ताका कारण खेती योग्य जग्गाहरु दिन प्रतिदिन घडेरीमा परिणत हुन थालेपछि कित्ता काट र रजिष्ट्रेशन पास गर्ने जस्ता कामको बोझ बढेर गएको जिल्ला नापी शाखा र मालपोत कार्यालय सिन्धुलीले जनाएकाे छ ।

घर-घडेरी खरिद, बिक्रीकर्ताहरुले नदी, खोलाका किनार, बगर क्षेत्र र वर्षायाममा बाढी आउने जमिनलाई समेत सस्तो मूल्यमा खरिद गरेर लाखौं खर्च गरेर प्लनिङग गरी महँगो मूल्यमान बिक्री–वितरण गर्न थालेपछि कमला, मरिण लगायतका विभिन्न प्राकृतिक रुपमा बहने नदी, खोलाहरुलाई समेत वर्षायाममा बहाव लिन कठिनाई पर्ने देखिएको छ ।

व्यवासायिक घडेरी बिक्रेताहरुले खोलाको दिशा समेत परिवर्तन गर्न खोजेपछि त्यसबाट पर्न सक्ने दैवीक विपतिलाई मध्यनजर स्थानीय बासीन्दाहरुले भने त्यस्ता कार्यहरुको विरोध गर्न थालेका छन् ।