श्रम मन्त्री कुँवर र सुदूरपश्चिमका अर्थमन्त्री सोडारीले गरे अछामको बाढीपीडित क्षेत्रको अवलोकन « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


श्रम मन्त्री कुँवर र सुदूरपश्चिमका अर्थमन्त्री सोडारीले गरे अछामको बाढीपीडित क्षेत्रको अवलोकन


91
Shares

काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री बलबहादुर सोडारीले अछामको बाढीपीडित क्षेत्रको अवलोकन गरेका छन् ।

दुवै जना मन्त्रीले कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई राहत समेत प्रदान गरेका हुन् । मृतकका ७ घरपरिवारलाई सरकारका तर्फबाट ७ लाख रुपैयाँ समेत उपलव्ध गराइएको छ भने मन्त्री कुँवर र राज्यमन्त्री सोडारीले व्यक्तिगत तर्फबाट २३ जना मृतकका परिवारलाई १० हजारका दरले २ लाख ३० हजार आर्थिक सहयोगसमेत गरेका छन् ।

राहत वितरण गर्दै मन्त्री शेरबहादुर कुँवरले अछामका पहिरो पीडितलाई राहत तथा उद्धारमा कुनै कमी हुन नदिने पनि बताउनुभयो । राहत वितरणअघि श्रममन्त्री कुँवर र राज्यमन्त्री सोडारीसहित अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनीले बाढीबाट प्रभावित ४ वटै स्थानको स्थलगत अवलोकन गरेका थिए ।

कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई खाद्यान्नदेखि अन्य आवश्यक सामग्री केन्द्र सरकारबाट सहयोग गरिने समेत जनाइएकाे छ ।