
काठमाडौं । चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक भएको छ ।
आइतबार काठमाडौंमा एक कार्यक्रमबीच गायक बाबु बोगटीले करिब दुई दशकअघिको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेका छन् ।
प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड छन् । गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत रहेको छ भने नयाँ भर्सनको एरेन्ज मोहित मुनालले गरेका छन् ।
भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेल्वासेको सम्पादन छ । सुरेन्द्र बसेलले भिडियोमा कोरियोग्राफी रहेको छ । वि.सं. २०६१ सालमा सार्वजनिक भएको ‘सान्नानी’ गीत त्यसबेला निकै चर्चित भएको थियो ।
यो गीतबाटै गायक बोगटी सांगीतिक क्षेत्रमा स्थापित हुनुभएको थियो । ओरिजिनल भर्सनको भिडियोमा बाबु र नन्दिता केसीको अभिनय रहेको थियो भने निर्देशन आलोक नेम्बाङले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्