 
	    एजेन्सी । नग्न फोटोशूट प्रकरणमा भारतीय अभिनेता रणवीर सिंहले पहिलो पटक प्रतिक्रिया दिएका छन् ।
रणवीरले मुम्बई प्रहरीलाई दिएको बयानमा आफ्नो तस्वीरमाथि छेडछाड भएको बताएका छन् । रणवीरले इन्टरनेशनल पत्रिकाको लागि नग्न फोटोशूट गराएपछि निकै विवाद भएको थियो । रणवीरका यी नग्न तस्वीरलाई लिएर भारतको धेरै ठाउँमा विरोध प्रदर्शन भएको थियो । यति मात्र होइन, मुम्बईको एक एनजीओले रणवीरमाथि महिलाको भावनामा चोट पुर्याएको आरोपमा मुद्दा दर्ता सम्म गरेको थियो ।
हालै मुम्बई प्रहरीले नग्न फोटोशूट प्रकरणमा रणवीरको बयान लिएको छ । मुम्बई प्रहरीलाई रणवीरले दिएको बयानमा आफ्नो एउटा तस्वीरमा छेडछाड गरेको आरोप लगाएका छन् । रणवीरले आफ्नो एउटा तस्वीर एडिट भएको बताएका छन् । उनले भने, ‘ तस्वीर जसरी देखाइएको छ त्यसरी खिचिएको होइन ।’
रणवीरविरुद्ध मुम्बईको चेम्बुर प्रहरीमा मुद्दा दर्ता भएको थियो। यस मामिलामा प्रहरीले रणवीरलाई सोधपुछको लागि २ पटक बोलाएको थियो । त्यसपछि रणवीर आफ्नो कानूनी टोलीसँग चेम्बुर प्रहरी चौकी पुगे र आफ्नो बयान दिए ।
रणवीरको नग्न तस्वीर २१ जुलाईमा सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उनको उक्त तस्वीरहरू निकै भाइरल भएका थिए जसका कारण उनी सामाजिक सञ्जालमा निकै ट्रोल पनि भएका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्