३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


एएफसी छनौट : बहराइनसँग नेपाल पराजित


1.001k
Shares

काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति भएको खेलमा नेपाल बहराइनसँग ६–० गोल अन्तरले पराजित भएको हो ।

बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई तथा कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले एक एक गोल गरे ।

खेलको २० औं मिनेटमा अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै बहराइनलाई सुरुआती अग्रता दिलाएका थिए । नेपालका डिफेन्डर सुमित श्रेष्ठ पेनाल्टी बक्सभित्र ह्याण्ड गरेपछि बहराइनले पेनाल्टीको अवसर पाएको थियो ।

खेलको २८ औं मिनेटमा अमर श्रेष्ठले रातो कार्ड पाएपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।

खेलको ४२ औं मिनेटमा नसिरले गोल गर्दै बहराइनको अग्रता दोब्बर बनाए । ६७ औं मिनेटमा अब्दुलरहमानले गोल गर्दै बहराइनको अग्रता तेब्बर बनाए । ८३ औं मिनेटमा अब्दुल्लाले गोल गर्दै बहराइनलाई ४–० को अग्रता दिलाए । ८८ औं मिनेटमा अब्दुल्लाले व्यक्तिगत दोस्रो गोल गर्दै बहराइनलाई ५–० को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा मुबारकले गोल गर्दै बहराइनलाई ६–० को जित दिलाए ।

यो जितसँगै समूह ’बी’ को बहराइनले पहिलो जित निकालेको छ । बहराइनले २ खेलबाट ४ अंक जोडेको छ भने नेपाल अंक विहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

अब नेपालले अन्तिम खेलमा आइतबार बगलादेशसँग खेल्नेछ ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।