
काठमाडौं । सत्तारूढ दल गठबन्धन आबद्ध पाँच दलभित्र प्रतिनिधि र प्रदेश सभातर्फको सिट बाँडफाँटमा अझै सहमति जुट्न सकेको छैन् ।
बैठकमा सहमति जुटाउनको सट्टा नेताहरू उल्टै तर्किएर हिँड्न थालेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार शीर्ष तहको बैठक बसेर सिट बाँडफाँट टुंगो लगाउने भनिए पनि गठबन्धनभित्रको एक घटक जसपा अध्यक्ष उपेन्द्र यादव बैठकमै गएनन् ।
बालुवाटारमा बैठक बस्दै गर्दा यादव भने पार्टी कार्यक्रमा जनकपुर पुगेका थिए ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्