पूर्वाधारमा लगानी गर्ने वातावरण बनाउने दाबी « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


पूर्वाधारमा लगानी गर्ने वातावरण बनाउने दाबी


65
Shares

काडमाडौं । वीपी कोइरालाले देखेको सपनाअनुसार सबै नागरिकले महसुस गर्ने गरी पूर्वाधार निर्माण हुनुपर्ने सञ्चार सूचना तथा प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

चौथो नेपाल पूर्वाधार सम्मेलनको समापनमा सम्बोधन गर्दै कार्कीले दश वर्षमा समृद्ध नेपाल बनाउने गरी काम गर्नुपर्ने बताए ।

उनले २०१५ सालमा वीपी कोइरालाले देखेको सपनाअनुसार सबै नागरिकले महसुस गर्ने गरी पूर्वाधार निर्माण हुनुपर्नेमा जोड दिए ।

संघीयतापछि दोस्रो पटक निर्वाचन सम्पन्न भएर तीनै तहका सरकार निर्वाचित भएसँगै राजनीतिक समस्या समाधान हुने र आगामी निर्वाचनबाट आउने सरकारको प्राथामिकता आर्थिक विकासमा पर्ने मन्त्री कार्कीको भनाइ छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।