Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


मुग्लिनमा चेकजाँचमा कडाइ


0
Shares

तनहुँ । गण्डकी प्रदेशको प्रवेशद्वार मुग्लिनमा चेकजाँचमा कडाइ गरिएको छ ।

पछिल्लो समय प्रदेशको विभिन्न जिल्लामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश छिर्ने मुख्य नाका मुग्लिनमा चेकजाँचमा कडाइ गरिएको हो ।

विभिन्न जिल्लाबाट आएका सवारीलाई चितवन र तनहुँ जोड्ने मुख्य नाका मुग्लिन पुलमा डिसइन्फेक्सन गराएर मात्रै गण्डकी प्रदेश भित्रिन दिने गरिएको हो ।

त्यस्तै तनहुँमा पनि एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै जोखिम न्युनिकरण गर्न विभिन्न स्थानीय तहहरुले उच्च सतर्कता अपनाएका छन् ।

जिल्ला प्रसाशन कार्यालय तनहुँले भिडभाडका कारण संक्रमण फैलिने भन्दै नागरिकलाई अत्यावश्यक बाहेक अन्य कामको लागि घर बाहिर ननिस्कन आग्रह गरेको छ ।