महिला साफ च्याम्पियनसिप : आज दुई खेल हुँदै « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Thu Feb 2 2023


महिला साफ च्याम्पियनसिप : आज दुई खेल हुँदै


156
Shares

काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत आज बुधबार दुई खेल हुँदैछन् ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टिमको खेल दिउँसो १ बजेबाट सुरू हुनेछ ।

त्यस्तै दोस्रो खेल साँझ ५ः३० बजे सुरू हुनेछ । दोस्रो खेलमा मल्दिभ्स र बंगलादेश भिड्नेछन् ।

यस अघि मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ४–० ले हराउँदै नेपालले सुखद सुरुवात गरिसकेको छ ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।