
काठमाडौं । काठमाडौंको डाँछीबाट ८ दिन अघि बेपत्ता भएका मोटेदाई भनिने नेत्रबहादुर कार्की अझै फेला परेका छैनन् ।
सिन्धुपाल्चोकको लिशंखु पाखर वडा नम्बर ७ को डाँडा पाखर स्थायी घर भएका ४३ वर्षीय कार्की हाल भने काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको डाँछीमा बस्दै आएका थिए। उनी यहि भदौ १४ गते बिहान घरबाट हराएका उनको परिवारले जनाएको छ । प्रहरी,आफन्त र सबैतिर खबर गर्दा समेत उनी अझै पत्ता लागेका छैनन् ।
उनका आफन्तले हराएका कार्कीलाई भेट्टाएको खण्डमा नजिकैको प्रहरी चौकी वा फोन नम्बर ९८५१०९४३६३ मा परिवारजनलाई खबर गरिदिन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्