भारतकाे एक होटेलमा भीषण आगलागी « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


भारतकाे एक होटेलमा भीषण आगलागी


260
Shares

काठमाडौं । भारतको लखनउस्थित एक होटेलमा भीषण आगलागी भएको छ ।

हजरतजंग इलाकामा रहेको लिवाना होटेलमा आगलागी हुँदा त्यहाँ फसेका १५ जना मानिसको उद्धार गरिएको हाे । जसमध्ये केही घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । अन्यको भने उद्धारकार्य जारी रहेकाे भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

६ तले सोही होटलको ३ तला भने पुरै ध्वस्त भएको छ । उद्धारका लागि सयौं अग्नि नियन्त्रकहरू परिचालन गरिएको छ । विद्युत सर्ट भई आगालागी भएको अनुमान त्यहाँकाे प्रहरीले गरेको छ ।