Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


एनआरएनए क्रिकेट टोलीको घोषणा


143
Shares

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गैरआवसीय नेपाली संघ (एनआरएनए) ले आइतबार क्रिकेट टोलीको घोषणा गरेको छ ।

गैरआवसीय नेपाली संघ खेलकुद प्रतिष्ठानले आईतवार पत्रकार सम्मेलन गर्दै नवौंका लागि क्रिकेट टोलीको घोषणा गरेको हो । घोषणा गरिएको टोलीमा एनआरएनले सुनम गौतमलाई कप्तानको जिम्मेवारी दिने भएको छ भने उपकप्तान पृथु बास्कोटाले पाएका छन् ।

यस्तै, टिममा मनोज गुरुङ, किरण राना, ज्योति भण्डारी, पृथु बास्कोटा, नविन प्रधान, दिवस गिरी, दिनेश खरेल, रशिम कँडेल, सन्दीप अधिकारी, बासु गिरी, सुनिल श्रेष्ठ, दिपेन श्रेष्ठ, दिपक क्षेत्री, आशिस पोखरेल, गम बहादुर गुरुङ र सागर पुन रहेका छन । टोलीको व्यवस्थापकीय जिम्मेवारी स्वम्भूराज डंगोललाई दिइएको छ ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ तर पुरुष क्रिकेट भने भदौ २३ बाट सञ्चालन हुँदै छ । खेल कीर्तिपुर स्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा आयोजना हुँदै छ । नवौं राष्ट्रिय खेलकुद र नेपाल ट्वान्टी–२० लिग एकै समयमा रहेकोले पुरुष क्रिकेट पहिले नै हुने भएको छ ।