
काठमाडौं । साफ यू–१७ पुरुष च्याम्पियनसिप फुटबल प्रतियोगिता सोमबारबाट श्रीलंकामा सुरु हुँदै छ ।
प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, भारत, भुटान, बंगलादेश र माल्दिभ्स गरि ६ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताका लागि नेपाली टोली कोलम्बो पुगिसकेका छन् । प्रतियोगितामा नेपालको मुख्य लक्ष्य उपाधि जित्नु रहेको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठको भनाई छ । नेपाली टिमका कप्तान प्रशान्त लक्ष्समले पनि नेपाली टिमको तयारी राम्रो भएकाले उपाधि जित्नेमा विश्वस्त रहेको बताए ।
साफ यू–१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्ने छ । नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ । यस्तै, नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्ने छ ।
समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल सेप्टेम्बर १४ मा हुने छ ।
प्रतिक्रिया दिनुहोस्