Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


देउवाको पेलानले रुष्ट कोइराला ओली निवासमा


13.4k
Shares

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र आगामी निर्वाचनका लागि सिटको बाँडफाँटबारे छलफल चल्दै गर्दा सत्तारूढ नेपाली कांगेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको गठबन्धनभित्र सिट बाँडफाँटमा सकस परेकै बेला सत्तारूढ कांग्रेसका नेता कोइरालाले ओलीलाई भेटनुलाई अर्थपूर्ण रूपमा विश्लेषण भइरहेको छ ।

एमाले अध्यक्ष ओली निवास बालकोटमा दुवै नेताबीच बिहीबार ‘वान टु वान’ छलफल भएको हो । ओली र कोइराला दुवैका सचिवालयले भेटघाट भएको र आगामी निर्वाचनसहित पछिल्लो राजनीतिक अवस्था’दयगत छलफल भएको स्वीकार गरेका छन् । तर, भेटबारे विस्तृत कुरा खुलाएका छैनन् ।

ओलीको सचिवालयले दुवै नेताबीच करिब २ घण्टा छलफल भएको जनाएको छ । ‘दुवै नेताबीच ‘वान टु वान’ छलफल भएको छ । उता गठबन्धनमा भइरहेको सिट बाँडफाँट र कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र पेल्न थालेको गुनासो उहाँ (कोइराला) ले गर्नुभएको छ, योभन्दा बढी कुरा त उहाँहरूलाई नै थाहा होला’ ओलीको सचिवालयले भन्यो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।