 
	    काठमाडौं । काठमाडौं महानगरले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डप स्थित फनपार्कले कर तिरेको छ ।
फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोरञ्जन वापतको कर महानगरको राजस्व विभागलाई बुझाएको विभाग प्रमुख शिवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मनोरञ्जन कर पाँच वर्षको हो । अधिकारीका अनुसार मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर भनी तिर्नुपर्ने नियम छ ।
यस्तै फनपार्कले व्यवसाय कर तिर्न बाँकी छ । उक्त कर भने उनीहरूले वडामा बुझाउनु पर्नेछ । ६० रोपनी जग्गा समाज कल्याण परिषदले फनपार्कलाई भाडामा दिएको हो । बहाल करको दस प्रतिशत कर परिषदले महानगरलाई बुझाउनु पर्छ । महानगरले अल्टिमेटम दिएपछि मनोरञ्जन कर बुझाएको छ ।
पटक–पटक आग्रह गर्दा पनि वर्षौंदेखि महानगरलाई बुझाउनुपर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नतिरेपछि महानगरले २४ घन्टे अल्टिमेटम दिएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्