Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


शान्तिपूर्ण निर्वाचनका लागि प्रहरी अभियान


13
Shares

बारा । प्रहरीले बाराको आदर्श कोतवाल गाउँपालिकामा अवैध रुपमा सञ्चालित मदिरा भट्टी नष्ट गरेको छ ।

आदर्श कोतवाल गाउँपालिका–६ बस्ने सञ्जिब जैसवालले सञ्चालन गरेको अवैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको हो । भट्टीमा रहेको १ हजार लिटर तयारी मदिरा र ६ हजार लिटर कच्चापदार्थ समेत नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

स्थानीय प्रतिनिधिको रोहवरमा छापा मारेर प्रहरीले रक्सी उत्पादन गर्न प्रयोग गरिने मेसिन, भाँडाकुँडा तथा ७ बोरा सख्खरसमेत बरामद गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न बारामा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गर्ने अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो ।