 
	    एजेन्सी । भारतीय अभिनेता आमिर खानले फिल्म ‘लाल सिंह चड्डा’ असफल भएपछि पारिश्रमिक नलिने घोषणा गरेका छन् ।
बहिष्कारको प्रवृत्तिले फिल्मले बक्स अफिसमा ठूलो नोक्सान बेहोर्नुपरेको छ । ४ वर्षपछि पुनः पर्दामा फर्किएका आमिरले फिल्मबाट धेरै आशा राखेका थिए । १ सय ८० करोड भारतीय रुपैयाँमा बनेको फिल्मले २० दिनमा करिब ६२.६६ करोड भारतीय रुपैयाँ कमाएको छ । जसका कारण फिल्मका निर्माताले करोडौं घाटा बेहोरेका छन् । त्यसैबीच आमिरले उक्त घाटा पूर्ति गर्न आफ्नो पारिश्रमिक नलिने भएका छन् ।
भारतीय सञ्चार माध्यामका अनुसार आमिरले निर्माता र वितरकको अवस्थालाई ध्यानमा राख्दै फिल्मका लागि अब पारिश्रमिक नलिने निर्णय गरेका हुन्। यदि आमिरले आफ्नो पारिश्रमिक लिएको भए निर्मातालाई १ सय करोड भारतीय रुपैयाँ भन्दा बढी घाटा हुने थियो । यस्तो अवस्थामा फिल्म असफलको जिम्मेवारी लिएर आमिरले पारिश्रमिक नलिने भएका हुन् । आमिरको यस्तो निर्णयले अब निर्माणकर्ताले राहत पाएका छन् ।
फिल्म फ्लप भएपनि आमिरले यसअघि कहिल्यै पनि फिल्मको पारिश्रमिक नलिएका भने थिएनन् । पहिलो पटक आमिरले फिल्म घाटाको सम्पूर्ण जिम्मेवारी आफैले लिएका छन् । साथै परिश्रमिक पनि नलिने भएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्