Logo ७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026


सिन्धुलीमा जंगली हात्तीको आतंक


312
Shares

सिन्धुली । सिन्धुलीमा जंगली हात्तीले घरगोठ भत्काउने क्रम बढ्दै गएको छ । जिल्लाको कमलामाई नगरपालिका क्षेत्रमा मात्र १५ वर्ष भित्र जंगली हात्तीले २० वटा घरगोठ भत्काएका छन भने सयौ बिघाको अन्नबाली सखाप पारेका छन् ।

कोशीटप्पु हुँदै चुरेभावर क्षेत्रको सिराहा उयदपुरबाट सिन्धुलीको जंगल क्षेत्रमा हात्ती प्रवेश गर्ने क्रम बढ्दै गएको हो । जंगली हात्तीले सिन्धुलीको कमलामाई नगरपालिकाको भिमान, करकरे, पातीपरान,लगायतका स्थानमा आतंक मच्चाएर बालीमा क्षति पु¥याउदै आएका छन् ।

विगत लामो समयदेखि सिन्धुली जिल्लाको कमलाखोच स्थित चुरे वन क्षेत्रमा वासस्थान बनाई ओहोर दोहोर गरिरहेका जंगली हात्तीलाई सरकारी सम्बन्धित निकायले दिगो रूपमा व्यवस्थापन गर्न नसक्दा स्थानीय बासिन्दाहरु पीडित बन्दै आएका छन् ।

हात्तीको आक्रमणले दिनदिनै नोक्सानी हुँदै जान थालेपछि स्थानीय बासिन्दाहरु रातभर आगो बालेर जाग्राम बस्न थालेका छन् ।