३१ जेष्ठ २०८१, बिहिबार | Thu Jun 13 2024


जर्मनीमा साइकल लेन ब्यवस्थित गर्न माग गर्दै साइकल यात्रीले गरे प्रदर्शन

माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने चेतावनी

364
Shares

एजेन्सी । जर्मनीमा साइकल लेन ब्यवस्थित गर्न माग गर्दै हजारौं साइकल यात्रीहरूले प्रदर्शन गरेका छन् ।

फ्र्याङफर्ट र विस्वदेन सडकमा भएको प्रदर्शनमा ८ हजार ५ सय साइकल यात्रीहरू सहभागी भएका हुन् । ४० किलोमिटरसम्मको बाटोमा साइकलसहित प्रदर्शनका क्रममा उनीहरूले मोटर र मोटरसाइकल समेतलाई प्रवेशमा रोक लगाएका छन् ।

साइकल लेनमा पनि जथाभावी रूपमा मोटर र मोटरसाइकलहरूले सवारी चलाउने गरेकाले आफूहरूको ज्यान जोखिममा परेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण यातायात सेवा अवरुद्ध भएको छ ।

साइकल यात्रीहरूले भने आफूहरूको माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने जनाएका छन् ।